केन्द्रीय गृहमन्त्री अमित शाह १४ जुलाईमा रायपुर आउनेछन्

00-1-Amit-Shah-Home-Minister-2

रायपुर: केन्द्रीय गृहमन्त्री अमित शाह आगामी १४ जुलाईको दिन तेस्रोपटक रायपुर आइरहेका छन्। भाजपा स्रोतअनुसार रायपुरमा उनले संगठनका पदाधिकारीहरूसित चुनावका तयारीहरूलाई लिएर बैठक गर्नेछन्। यसपूर्व गृहमन्त्री अमित शाह गत २२ जूनको दिन दुर्गमा आयोजित सभामा भाग लिनका लागि यहाँ आएका थिए। त्यसपछि उनले गत ५ जुलाईको दिन भाजपा प्रदेश कार्यालयमा हाईलेभल मीटिङ गरेका थिए। आगामी १४ जुलाईमा उनको फेरि रायपुर आगमन भइरहेको छ। भाजपा पदाधिकारीहरूले जानकारी गराएका छन्, यसै महिना रायपुरमा प्रधानमन्त्री मोदीको सभा प्रस्तावित छ। प्रधानमन्त्रीको यात्रालाई मध्यनजर गर्दै अमित शाहको यो दौड़ाह अत्यन्त महत्वपूर्ण छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement