दलसिंहपाडा रणबहादुर बस्तीमा बाढको प्रकोप

Untitled-1-copy

दलसिंहपाडा: कालचिनी प्रखण्ड अन्तर्गत दलसिंहपाडा रणबहादुर बस्तीमा आज रातिदेखि परेको अविरल पानीले बाढको स्थिति उत्पन्न गरेको छ। मानिसको घरमा पानी पसेर धेरै असुविधा रहेको छ।  स्थानीय गाउँले पहाडे कान्छाको घरमा पानी पसेर खाद्य सामाग्री लगायत भाडा-कुडा बगाएर लगेको छ भने शशी राई, भिमु तामाङ, शुक्र तामाङ, मौसम राई, बिनोद राईको घर दलनमा पानी पसेको छ। एकातिर तुर्सा खोलाको पानीको बहावले मानिस आतङ्क छाइरहेको बेला यस्ता प्रकारको भीषण पानीको बाढले त्रसित भइरहेको र स्थानीय निकाय यसमा ध्यान नदिए निकट भविष्यमा स्थानीय मानिसले ठुलो समस्या झेल्नु पर्नेछ भनेर स्थानीय युवा मिलन छेत्रीले जानकारी गराएका छन् । यसै सिलसिलामा आजको यो अवस्था नव निर्वाचित पञ्चायत सदस्य कान्छा लामालाई जानकारी गराएको र यो समस्याको हल चाँडै गरिने छ भनी पञ्चायत सदस्यबाट आश्वासन पाएको कुरा स्थानीय शशी राईले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement