नेपालमा कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्वको कामकाज गर्न सर्वोच्च अदालतको आदेशले रोक

nepal-supreme-court.webp

काठमाडौं: नेपालको सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्वको कुनै निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। कोशी प्रदेश सरकार गठनविरुद्ध विपक्षी नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले बुधबार उक्त आदेश जारी गरेको हो। एमालेले सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त गरिनुलाई असंवैधानिक भन्दै रिट दायर गरेको हो। सरकार गठनबारे सर्वोच्च अदालतले अन्तिम फैसला नहुञ्जेललाई महत्वपूर्ण निर्णय गर्न रोक लगाएको हो। सर्वोच्च अदालतले यो विषयमा आउँदो बुधबार भित्र कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा र कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ। ९३ सांसद रहेको कोशी प्रदेशमा सरकार गठन हुँदा सभामुखसहित ४७ सांसदले समर्थन गरेका थिए। ४६ सांसद विपक्षमा उभिए। यो विषय अहिले विवादमा परेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement