सिलगढ़ी एएफसी विजयी

photocollage_202371222379518.jpg

१२ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी एएफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। बुधवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा सिलगढ़ी एएफसी-ले मारापुर एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट उतेश थापाले ३५औं र लाक्पा भूटियाले ५०औं मिनटमा गोल गरे। यसरी मारापुर एफसी-बाट सुरज मिञ्जले १३औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement