१२ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी एएफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। बुधवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको म्याचमा सिलगढ़ी एएफसी-ले मारापुर एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट उतेश थापाले ३५औं र लाक्पा भूटियाले ५०औं मिनटमा गोल गरे। यसरी मारापुर एफसी-बाट सुरज मिञ्जले १३औं मिनटमा गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।