आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार मोहन लामालाई प्रदान गरिने

IMG-20230712-WA0415.jpg

दार्जिलिङ: जीटीएद्वारा प्रदान गरिने पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार २०२३ दार्जिलिङका वरिष्ठ पत्रकार मोहन लामालाई प्रदान गरिने भएको छ। आज जीटीएको सूचना अनि सांस्कृतिक विभागको सह निर्देशक भुपेन्द्रकान्त घिसिङले दार्जिलिङमा एक पत्रकार सम्मेलन बोलाएर यसपालीको भानु जयन्तीको अवसरमा आदि पत्रकार गङ्गाप्रसाद प्रधानको स्मृतिमा प्रदान गरिने पत्रकारिता पुरस्कार दार्जीलिङका वरिष्ठ पत्रकार एंव दार्जिलिङ प्रेस गिल्डको वर्तमान कोषाध्यक्ष पत्रकार मोहन लामालाई प्रदान गरिने घोषणा गरेका छन्। अादि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानद्वारा सन् १९०१ देखि सन् १९३२ सम्म लगातार रूपमा ‘गोर्खे खबर कागत्’ को सम्पादक, प्रकाशक, पत्रकार रहेर भारतीय नेपाली पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिएका थिए। उनको योगदानलाई सम्मान गर्दै जीटीएले पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्दै आएका छन्। पहिलो पुरस्कार वरिष्ठ पत्रकार गिदोन लेप्चालाई प्रदान गरिएको थियो भने दोस्रो पुरस्कार वरिष्ठ पत्रकार जोएल राईलाई प्रदान गरिएको थियो भने यसपालीको तेस्रो पाद्री गङ्गाप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार मोहन लामालाई प्रदान गरिने भएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement