खरसाङ: यसपालीको पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरूलाई बिजय बनाएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको पक्षबाट महकुमा समितिको सभापति सुवास प्रधानले सबैलाई धन्यवाद दिएका छन्। आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको कार्यालयमा एक पत्रकार सम्मेलन बोलाएर भगोप्रमो खरसाङ महकुमा समितिले सबै मतदाताहरू, पार्टीको केन्द्रीय समिति, महकुमा समिति, खण्ड, समष्टी लगायत बुथ स्तरीय कमिटीको पदाधिकारीहरू र कार्यकर्ताहरूप्रति आभार प्रकट गरेका छन्। उनले पञ्चायत चुनाव र मतगणनाको समय खबर संकलन गरेर प्रचार प्रसार गरिदिने सबै मिडियाकर्मीहरूप्रति आभार प्रकट गरेका छन्।