घैयाबारी ग्राम पञ्चायत तीनको बोर्ड पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पकड़मा

IMG-20230712-WA0412.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले सजिलै बोर्ड गठन गरेको छ। ११ जुलाईको दिन भएको पञ्चायत चुनावको मतगणना अनुसार घैयाबारी ग्राम पञ्चायत तीनको ९ वटा पञ्चायत सदस्यहरूको सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ७ वटा सिटहरू जितेर सजिलै बोर्ड गठन गर्ने भएको छ। घैयाबारी ग्राम पञ्चायत तीनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरू क्रमैले बुथ नम्बर २५२ नयाँ कमानमा अनिल तामाङ, बुथ नम्बर २५१ सिलिमहिलमा मिट्ठू राई, बुथ नम्बर २५० जोगमायामा चन्दना तामाङ, घैयाबारीमा रहेको बुथ नम्बर २५३ बाट केवल राई र अरुणा योञ्जन तामाङ अनि रोहिणीबाट उमेश थापा र सुष्मा वाइबा गरी जम्मा सातजना बिजय बनेका छन्। घैयाबारी ग्राम पञ्चायत तीनमा दुईजना निर्दलीय प्रार्थीहरू क्रमैले महेश छेत्री र सुनिता खाती बिजय बनेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले ९ वटा सिटहरूमा ७ वटा सिटहरू जितेर सजिलै बोर्ड गठन गर्ने भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सातजना बिजय प्रार्थीहरूले यस जीतलाई सम्पूर्ण जनताको जीत रहेको र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सम्पूर्ण पदाधिकारीवर्ग साथै कार्यकर्ताहरुको मेहनतको फल रहेको बताएका छन्।

About Author

Advertisement