सन्त मेरिज ग्राम पञ्चायत एकमा पञ्चायत समितिको सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी बबी तामाङ बिजय

IMG-20230712-WA0411.jpg

सोनादा: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत एकमा पञ्चायत समितिको सिटमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी बबी तामाङ बिजय बनेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी बबी तामाङले सन्त मेरिज ग्राम पञ्चायत एकको बुथ नम्बर १७५, १७६ र १७७ बाट पञ्चायत समितिको सिटमा बिजय हाँसिल गरेका छन्। यसरी सन्त मेरिज ग्राम पञ्चायत एकको पञ्चायत समितिको सिटमा बिजय बनेर जनताको सेवा गर्ने मौका पाएको छु र जनताको इच्छा अवश्य पनि पूरा गर्नेछु साथै जनताको सेवाको लागि घर घर पुगेर सेवा गर्नेछु भनी बताएकी छन्। बबी तामाङले पत्रकारहरूसित कुराकानी गर्दै भनिन् – ‘मेरो कार्यकालभरि जनताको पूरा सेवा गर्नेछु। मेरो क्षेत्रमा पर्ने गाउँहरू बागौरा, टुंग, गैरी गाउँ टुंग क्षेत्रका जनताको पूरा सेवा गर्नेछु। जनताको विकास गर्नेछु अनि जनताको समस्याहरू समाधान गर्नु नै मेरो मुख्य प्राथमिकता रहनेछ।’

About Author

Advertisement