आवश्यकमन्द परिवारलाई कपडा वितरण

सामसिङमुर्ति चियाबारीस्थित डाक्टर कोठी लाईनका कतिपय परिवारहरू यस्ता पनि छन्। जसलाई लगाउने लुगाको धेरै आवश्यकता रहेको छ। ती परिवारहरू चियाकमानमा विघा र मजदुरी गरी आफ्नो जीवन चलाउने गर्छन्। यसैले आज ती आवश्यकमन्द परिवारहरूलाई सामसिङ जनकल्याण संघको पक्षबाट सञ्जयराज विश्व, सिके सार्की, रमेश थापा, सुवेक भुजेल आदिद्वारा लुगा वितरण गरियो।

केही दिनदेखि लगातार पानी परिरहेको हुँदा लुगाको अभावमा धेरै असुविधा भइरहेको बेला यसरी हामीलाई लुगा वितरण गरिदिएकोमा स्थानीय जनसाधारणले संघलाई धन्यवाद टक्राएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *