आदिकवि भानुभक्त आचार्यको अमूल्य योगदान र महत्वपूर्ण भूमिकालाई सदैव सम्झनुपर्छः मुख्यमन्त्री

IMG-20230630-WA0413.jpg

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले भानु जयन्तीको अवसरमा सिक्किमका जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्, ‘भानु जयन्ती एक वार्षिक उत्सव हो जसले गहिरो सांस्कृतिक महत्व राख्दछ। यस दिन सम्मेलन, कार्यक्रम र अन्य सांस्कृतिक गतिविधिहरू आयोजन गरिन्छन् जहॉं साहित्यिक व्यक्तित्वहरू, लेखकहरू, उपन्यासकारहरू र नेपाली साहित्यका प्रशंसकहरू उत्साहपूर्वक भाग लिन्छन्। उनको सबैभन्दा ठूलो काम, संस्कृत भाषाबाट नेपाली भाषामा महाकाव्य रामायणको अनुवाद एक अमूल्य रत्न हो जुन आजसम्म सबैद्वारा सम्मानित छ।’

आफ्नो शुभकामना सन्देशमा मुख्यमन्त्रीले आदिकवि भानुभक्त आचार्य साहित्यकारका लागि मात्र नभई आफ्नो मातृभाषाको शक्ति र महत्त्वको वकालत गर्ने सबैका लागि आजसम्म पनि प्रेरणाको स्रोत रहेको कुरा दोहोऱ्याएका छन्। ‘नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको अमूल्य योगदान र नेपाली साहित्यलाई अग्रस्थानमा पुऱ्याउन उनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई सदैव सम्झनुपर्छ’ मुख्यमन्त्रीले भनेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *