आदि कवि भानुभक्त आचार्य हाम्रो चेतनाका प्रतीक हुन्ः राज्यपाल

IMG-20230630-WA0408.jpg

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमवासीहरूलाई भानु जयन्तीको अवसरमा शुभकामना दिएका छन्। राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘विश्वका नेपाली भाषी समुदायलाई भावनात्मक रूपले जोड्ने आदि कवि भानुभक्त आचार्यको २०९औं जयन्तीमा राज्यवासीहरूलाई बधाई एवं शुभकामना।’

उनले अझ भनेका छन्, ‘सरल नेपाली भाषामा रामायण जस्तो पवित्र ग्रंथको रचना गरेर नेपाली काव्य परम्पराको शुरूवात गर्ने कवि भानुभक्त आचार्य हाम्रो चेतनाका प्रतीक हुन्। उनको साहित्यिक योगदानले नेपाली भाषा र संस्कृतिलाई समृद्ध बनाएको छ। साहित्यिक पर्व हाम्रा सांस्कृतिक र सामाजिक हरेक दृष्टिले विशेष महत्व राख्दछ र एउटा पीढ़ीदेखि अर्को पीढ़ीसम्म संस्कृतिको वाहक पनि हो।’

राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘म सिक्किमका मानिसहरूलाई आफ्नो साहित्यिक विरासत, भाषा र साहित्यको संरक्षणका प्रयासहरूलाई जारी राख्न एवं समाजका विभिन्न वर्गहरूबीच सम्बन्धहरूलाई बलियो बनाउने र आपासी सौहार्द र साम्प्रदायिक सद्भावलाई बढावा दिने आह्वान गर्दछु।’ राज्यपालले आफ्नो साहित्य, कला, परम्परा, संस्कृतिको पालन गर्दै संस्कृति, साहित्य, कला, परम्पराको सम्मान गर्न आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement