पाना नदी पसेर मेचपाड़ामा बाढ़जन्य परिस्थिति

1d9a0272-49de-47a8-a1e3-9a296d7a3a62

कालचिनीः अहिले मानसून महीनाले छोएको छ सावने झरी दर्कन थालेको छ डुवर्समा। यतिखेर डुवर्सको नदी, नाला, खोला र झोड़ाहरूले उग्र रुप धारण गर्न थालेको छ। यसबीच मेचपाड़ा नजीकै चुवापाड़ा स्थित पुरानो एयरफील्डलाई पाना नदीको बाँध भत्किएपछि त्यताबाट बगेर आउने खोल्साले ठूलो नदीको रुप धारण गर्दै मेचपाड़ाका पक्का लाईन, नीचे लाईन, चिन्ता लाईन, प्रेमनगर लाईन, भादो लाईनमा रहेको गाउँलेहरूको घर र आँगन अनि गाउँले बाटोहरू खोलामा परिवर्तित भएको छ। पानी जम्मै गाउँलेहरूको घरभित्रसम्म पसिरहेको स्थितिबिच गाउँलेहरू त्रसित बनेका छन्।


लगातार यसरी नै नदीको कटावलाई मोड़्न नसकिए सम्पूर्ण मेचपाड़ा गाउँ नै बाढ़मा डुब्ने आशङ्का गरिएको छ। यता जलथल परिस्थितिमा बसेका मेचपाड़ा चियाबारीको बासिन्दाहरू आनन्द गुरुङ, समाजसेवी हिमाल लामा, अजीत तिर्की र कल्याण भुजेलले यदि पाना नदीको मुहानमा बाँध नबाँधिए मेचपाड़ा चियाबारी सबै बगाएर लैजाने र आजसम्म कुनै सरकारी अधिकारी सांसद र विधायकले समाधान नगरेको गुनासो गरेका छन्।

यता बाढ़जन्य परिस्थितिको संज्ञान लिन कालचिनी विधायक विशाल लामा घटनास्थलमा आईपुगेका थिए भने तिनले आफूले यसको दाबी विधानसभा सत्रहमा पनि उठाएको र यसलाई सिँचाई विभागले पहल गर्नु पर्ने जनाएका छन्।

About Author

Advertisement