टिकाकरणलाई लिएर डिस्ट्रिक्ट टास्क फोर्सको सभा सम्पन्न

IMG-20230712-WA0423.jpg

मंगनः मंगन जिल्लाका जिल्लापाल हेमकुमार छेत्रीको अध्यक्षतामा पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा डिस्ट्रिक्ट टास्क फोर्स (डीटीएफआई) सँग टिकाकरणको निम्ति एकसभा सम्पन्न भयो।

आज बसेको सभामा विशेष गरेर एमआरभीसी, आईएमआई लगायत अन्यबारेमा छलफल भएको जानकारी गराइएको छ। उक्त सभामा डा. तारा गौतमले टिकाकरण गत अप्रेल महिनादेखि शुरू भएर जून महिनासम्म पूरा गरेको अवगत गराए।

उल्लेखनीय छ, भारत सरकारले यसै वर्षको अन्तसम्म मिजल्स र रूबेला भाइरसको अन्त गर्ने लक्ष्य राखेर कार्य गरिरहेको छ। यसका साथै सरकारले अब खोप स्थिति, डेलिभरी अपडेट गर्न यु-विन पोर्टल अन्तर्गत नियमित खोपको लागि इलेक्ट्रोनिक रजिस्ट्री स्थापना गर्न पुनः शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement