केन्द्र सरकारले १४ जुलाईदेखि दिल्ली-एनसीआरमा सस्तो दरमा टमाटर बेच्ने

00-1-Tomato

नयाँ दिल्ली: टमाटरको आकाँशिदो मूल्यदेखि हैरान दिल्ली-एनसीआरका मानिसहरूको निम्ति राहतपूर्ण समाचार प्रकाशमा आएको छ। केन्द्र सरकारले दिल्ली-एनसीआरमा सस्तो दरमा टमाटर बेच्ने फसेला लिएको छ। खुदरा बजारमा टमाटरको भाउ १८०-२०० रुपियाँ प्रति किलोग्राम पुगेको छ। उपभोक्ता, खाद्य एवं सार्वजनिक वितरण मन्त्रालयले बुधबार जारी एक बयानमा भनेको छ, ‘दिल्ली-एनसीआर क्षेत्रमा शुक्रवारदेखि खुदरा पसलहरूको माध्यमबाट कम मूल्यमा उपभोक्ताहरूलाई टमाटर बिक्री गरिनेछ। केन्द्र सरकारले राष्ट्रिय कृषि सहकारी विपणन महासंघ (नेफेड) र राष्ट्रिय सहकारी उपभोक्ता महासंघलाई आन्ध्र प्रदेश, कर्नाटक र महाराष्ट्रका थोक मण्डीहरूबाट टमाटर खरिद गरेर प्रमुख उपभोक्ता केन्द्रहरूको माध्यमबाट वितरित गर्ने निर्देश दिएको छ।

बयानमा उल्लेख गरेअनुसार उपभोक्ता मामिलाहरूको विभागलाई टमाटरको बढ़्दो मूल्यमाथि लगाम लगाउनको लागि मुख्य उपभोग केन्द्रहरू मार्फत वितरणको लागि आन्ध्र प्रदेश, कर्नाटक औ महाराष्ट्रबाट टमाटर खरिद गर्ने निर्देश दिइएको छ। सरकारी एजेन्सी नेफेडले यी राज्यहरूका मण्डीहरूबाट टमाटर खरिद गरेर दिल्ली-एनसीआर क्षेत्रसहित अनुपलब्धता हुने क्षेत्रका उपभोक्ताहरूलाई सस्तो मूल्यमा वितरित गर्नेछ। उल्लेख्य, भारी वर्षाको कारणले देशका अधिकांश भागहरूमा टमाटरको मूल्य बढ़ेर दुई सय रुपियाँ प्रतिकिलोग्रामसम्म पुगेको छ। थोक मण्डीहरूमा यसको भाउ १५० रुपियाँदेखि १८० रुपियाँ प्रति किलोग्रामसम्म पुगेको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement