प्रकाशचीक बडाइकले जमा दिए राज्यसभा सांसदको निम्ति नामाङ्कन

1c761c22-a4de-4808-abc0-e01ea31ffa50

कालचिनीः राज्यबाट तृणमूल कंग्रेसको निम्ति ६ जनाले आज कोलकाता विधानसभामा आ-आफ्नो नामाङ्कन जमा गर्ने क्रममा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बडाइकले पनि आफ्नो नामाङ्कन जमा गरे। मुख्यमन्त्री ममता ब्यानर्जीको विशेष सिफारिशमा प्रथमपल्ट डुवर्सबाट चियाकमानको श्रमिक परिवारबाट संघर्ष गर्दै तृणमूलको जिल्ला सभापतिको रुपमा एवम् इमान्दारीताको साथ पार्टीको निर्देशमा काम गर्दै आईरहेको प्रकासचीक बडाइकलाई राज्यसभा सांसदको निम्ति चयन गरेको थियो।
आज कलकत्ता विधानसभा हलमा अन्य ५ जना प्रार्थीहरूसितै प्रकासचीक बडाइकले पनि आफ्नो नामाङ्कन जमा गरेका छन्।
प्रकासचीक बडाइकले आफू एकजना चिया श्रमिकको छोरालाई मुख्यमन्त्रीले आशीर्वाद दिएकोमा आफू आभार रहेको र दिदीको भरोसा र आस्थालाई राखेर जनगणको निम्ति सदैव काम गर्दै जाने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement