अलिपुरद्वार जिल्ला अस्पताल रोगी कल्याण संघले रक्तदान शिविरको आयोजना

34bb2b94-5e87-4a4a-8fed-793ca095a8b1

अलिपुरद्वार: अलिपुरद्वार जिल्ला अस्पताल रोगी कल्याण संघको पहलमा बुधवार अलिपुरद्वार जिल्ला अस्पताल ब्लड बैंकमा रक्तदान शिविर आयोजित गरियो। जिल्लाभर रगतको अभावलाई पूर्ति गर्न आजको दिन यो रक्तदान शिविरको आयोजना गरिएको हो। यो रक्तदान शिविर दिउँसो १ बजे सुरु भएको हो। जिल्लामा हाल रगतको अभावमा कुनै पनि बिरामीको मृत्यु नहोस् भन्ने उद्देश्यले यस दिन रक्तदान शिविर आयोजना गरिएको हो। आज दिउँसो करिब १.३० बजे खबर प्राप्त हुँदासम्म १२ रक्तदाताले रक्तदान गरेका छन्। रोगी कल्याण समितिका अध्यक्ष सुमन काञ्जिलालले पञ्चायतको चुनावमा केही समय अलिपुरद्वारमा रक्तदान शिविर आयोजना नगरिएको बताए।

About Author

Advertisement