१३ देखि १५ जुलाईसम्म प्रधानमन्त्रीको फ्रान्स र युएई भ्रमण

00-1-PM-Modi-2-1

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले १३ देखि १५ जुलाईसम्म फ्रान्स र संयुक्त अरब अमिरातको आधिकारिक भ्रमण गर्नेछन्। प्रधानमन्त्रीले १३-१४ जुलाईमा फ्रान्सका राष्ट्रपति ईमेन्युअल मेक्रनको निमन्त्रणामा पेरिसको भ्रमण गर्नेछन्। १४ जुलाईमा दिन बास्टिल डे परेडमा प्रधानमन्त्री विशेष अतिथिका रूपमा उपस्थित हुनेछन्, जसमा त्रिसेवा भारतीय सशस्त्र बलको सैन्यदलले भाग लिनेछ।

प्रधानमन्त्रीले यस अवसरमा राष्ट्रपति मेक्रनसँग औपचारिक वार्ता पनि गर्नेछन्। प्रधानमन्त्रीको सम्मानमा राष्ट्रपति मेक्रनले राष्ट्रभोजका साथमा निजी भोज पनि आयोजन गर्नेछ्। प्रधानमन्त्रीले फ्रान्सका प्रधानमन्त्रीका साथै सिनेट अनि फ्रान्सको राष्ट्रिय सभाका अध्यक्षसँग पनि भेटवार्ता गर्नेछन्। उनले फ्रान्समा भारतीयहरूका साथै भारतीय अनि फ्रेञ्च कम्पनीका सीईओ अनि लब्धप्रतिष्ठ फ्रान्सिसी व्यक्तित्त्वहरूसँग पनि अलग रूपमा संवाद गर्नेछन्।

भारत र फ्रान्सबीच सामरिक साझेदारीको यो २५औं वर्ष हो भने प्रधानमन्त्रीको यस भ्रमणले भविष्यका लागि विविध क्षेत्र जस्तै सामरिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षणिक अनि आर्थिक सहयोगको निम्ति भावी साझेदारीको मार्ग प्रशस्त गर्नेछ। यसपछि प्रधानमन्त्रीले १५ जुलाईको दिन आबुधाबीको भ्रमण गर्नेछन्। प्रधानमन्त्रीले युएईका राष्ट्रपति तथा आबीधाबीका शासक शेख मोहम्मबदबीन जायेदअल नाह्यानसँग वार्ता गर्नेछन्। भारत-युएई विस्तृत सामरिक साझेदारी तेज गतिमा सुदृढ बन्दै आएको छ भने प्रधानमन्त्रीको यो भ्रमण ऊर्जा, शिक्षा, स्वास्थ्य स्याहार, खाद्य सुरक्षा, फिन्टेक, रक्षा अनि संस्कृति जस्ता विविध क्षेत्रमा यसलाई अघि बढाउने परिप्रेक्ष्य चिन्हित गर्ने अवसर हुनेछ। यसका साथै विशेष गरी युएईद्वारा युएनएफसीसीसीको सीओपी-२८ को अध्यक्षता अनि युएई विशेष अतिथि रहेको भारतद्वारा जी-20 को अध्यक्षता लगायत वैश्विक मुद्दाहरूको चर्चा गर्ने अवसर रहनेछ। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement