भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बिजय यात्रा खरसाङदेखि दार्जिलिङसम्म

खरसाङ। जीटीए चुनावको हिज परिणाम घोषणा भएपछि जीटीए सभाको बोर्ड गर्नलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत प्राप्त गरेको छ। चुनावमा पार्टीको जीतपछि आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आफ्नो बिजय जुलुस निकालेर दार्जिलिङ पुगेका छन्। उनले आज बिहान ९ बजेदेखि खरसाङदेखि आफ्नो विजय यात्रा शुरू गरेर दार्जिलिङ पुगेको छ। यस अवसरमा खरसाङदेखि दार्जिलिङसम्म पुग्दा अनित थापालाई विभिन्न स्थानहरूमा पार्टी कार्यकर्ताहरूले जीतको बधाई दिन्दै बिजय यात्रामा सामेल बनेका छन्। उक्त बिजय यात्रा खरसाङबाट सोनादा, घुम, जोरबंगलो हुँदै दार्जिलिङ पुगेको थियो। दार्जिलिङको चौरास्तासम्म भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बिजय यात्रा रहेको थियो अनि चौरास्तामा पुगेर बिजय सभामा परिणत भएको थियो। उक्त बिजय सभामा भागोप्रमो अध्यक्ष अनित थापा लगायत महासचिव अमर लामा, कालेबुङका विधायक एंव भागोप्रमो उपाध्यक्ष रुदेन सादा लेप्चा, बिजय बनेका भागोप्रमोका प्रार्थीहरू साथै पार्टीको पदाधिकारीहरू उपस्थित रहेका थिए। यसै अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आफ्नो सम्बोधनमा हाम्रो यात्रा जारी छ, हाम्रो संघर्ष जारी छ भन्दै मलाई लाग्यो दार्जीलिङ शहरको मान्छेको मन मैले अझै जित्नुपर्छ, उनीहरूको मन जित्नु मैले काम गर्नुपर्छ, दार्जीलिङ शहरले अझसम्म पनि अनित थापाको सोच अनि विचारलाई पत्याएको छैन, दार्जीलिङ शहरले भन्दैछ अझै कर्म गर र हामी कर्मले नै दार्जीलिङ्ग शहरलाई जित्नेछौं भनी बताएका छन्। उनले हाम्रो कार्यकर्ताहरूको सिद्धान्त यो हो कि हाम्रो खुशीले दार्जीलिङ पहाडको मानिसको मन बिझाएको हुनुहुँदैन, हामी पहाडको समृद्धिको निम्ति यहाँ उभिएका छौं भनी बताएका छन्। थापाले पार्टीको जीत नै लिडरको जीत हो, पार्टीको जीत नै कार्यकर्ताको जीत हो, पार्टीको जीत नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वको टीमको जीत हो भनी बताए।

थापाले अघि भने- “हामीले शान्ति ल्यायौं, अब समृद्धि ल्याउनु छ, हाम्रो सोच छ अब दार्जीलिङको होटलहरू वर्षभरि भरीभराव होस, दार्जीलिङ्ग बजार राति १२ बजेसम्म खुलोस्। दार्जीलिङमा शान्ति आईसकेको छ। हाम्रो नानीहरूले वर्षभरि नै स्कूल जानु पाएका छन्। अब अनित थापा अनि बीजीपीएमले पहाडलाई सुख शान्ति अनि समृद्धि दिनेछ।दार्जीलिङ शहरको घर घरमा पुगेर अब अनित थापाले सेवा पुर्याउनेछ। भोट आउँछ जान्छ। हार जीत हुन्छ। हामीलाई भोटको भन्दा पनि पहाडको माया छ। त्यसैले हामी एकजुट भएर, मिलेर काम गर्नेछौं।”

अनित थापाले आजको यो जमघट खुशीको नभएर पहाडलाई धन्यवाद दिने जमघट मात्र हो, पाँच वर्षपछि जब हाम्रो काम देखेर पहाडले हामीलाई धन्यवाद भन्नेछ त्यो दिन हामी साँच्चै खुशी मनाउने छौं भन्दै हाम्रो कार्यकर्ताहरूले अनित थापाले चारपल्ट हार्दा पनि तपाईहरुले पर्खेर बस्नु भयो जसको लागि धन्यवाद दिन्छु। तपाईहरुले अनित थापामाथि राखेको विश्वासलाई म कहिले पनि विश्वासघात गर्ने छैन। पहाडले हामीमाथि धेरै विश्वास गरेको छ। अब आशाको निर्माण होइन भरोसाको निर्माण गर्नुपर्छ भनी बताएका छन्।

आगामी पाँच वर्षमा हामीले काम गरेर दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक नगरपालिका साथै ४५ वटै समष्टिहरू जिताउने सोच अनि विचारको विजारोपणको फल पहाडलाई दिनेछौं भनी वाचा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement