बंगालबाट भाजपाले अनन्त महाराजलाई बनायो राज्यसभा उम्मेदवार

00-1-Rajya-Samachar-7

कोलकाताः आगामी २४ जुलाईमा हुन गइरहेको राज्यसभा चुनाउको निम्ति भारतीय जनता पार्टी (भाजपा) ले पश्चिम बंगालबाट अनन्त महाराजलाई उम्मेदवार बनाएको छ। भाजपाका राष्ट्रिय महासचिव एवं मुख्यालय प्रभारी अरूण सिंहले यस सम्बन्धमा बुधवार सूची जारी गरे। यसमा गुजरातबाट बाबू भाई देसाई र केसरी देव सिंह जालालाई भाजपाको तर्फबाट राज्यसभा उम्मेदवार घोषित गरिएको छ। लोकसभा चुनाउअघि अनन्त महाराजलाई भाजपाको तर्फबाट राज्यसभा पठाइनु ठूलो दाव मानिन्दैछ।

राजवंशी समुदायका अनन्त उत्तर बंगालको सबैभन्दा प्रभावी जनजातिय समुदाय अनन्त महाराज ग्रेटर कूच बिहार पीपल्स एसोसिएशनका प्रमुख हुन् र लामो समयदेखि छुट्टै ग्रेटर कुचबिहारको वकालत गर्दै आइरहेका छन्। बंगालका सात राज्यसभा सीटका लागि २४ जुलाई मतदान हुनेछ। छह सीटमा चुनाउ हुनेछ बाकी एकमा उपचुनाउ। तृणमूल कांग्रेसले अगावै आफ्नो उम्मेदवारहरूको घोषणा गरिसकेको छ। १९५२ मा संसदीय चुनाउ शुरू भएपछि भाजपाले बंगालबाट राज्यसभा सदस्य पठाइरहेको यो पहिलो मौका हो।

जानकारी अनुसार, मंगलवार केन्द्रिय मन्त्री निशीथ प्रमाणिक केन्द्रिय गृहमन्त्री अमित शाहसित कुरा गरेपछि महाराजको घर गएका थिए। उनले नै राज्यसभा उम्मेदवार बनाइने जानकारी दिए। भेटपछि निशीथले भने, अनन्त महाराजलाई राज्यसभा उम्मेदवार बनाउने अफर दिइएको छ। उनले हाम्रो प्रस्ताव स्वीकार पनि गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement