पदम गुरूङको हत्याबारे जाँच गर्न अवकाशप्राप्त न्यायधीशको अध्यक्षतामा कमिटी गठन गरिने मुख्यमन्त्रीको भनाइ

IMG-20230712-WA0419.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज नाम्ची महाविद्यालयका एसआरसीका अध्यक्ष पदम गुरूङको घरमा पुगेर संवेदना प्रकट गर्दै मृतकका आत्माको चिर शान्तिको निम्ति कामना गरेका छन्। उल्लेखनीय छ, गत २७ जूनको दिन पदम गुरूङको रहस्यमय ढङ्गमा मृत्यु भएको थियो भने सो घटनालाई जाँच गर्नको निम्ति उच्चस्तरीय जाँच समिति पनि गठन गरिएको छ। शोकाकूल परिवारसँग अन्तक्रिया गर्दै मुख्यमन्त्री तामाङले उक्त घटनाको जाँच गर्नको निम्ति उच्च न्यायालयका अवकाशप्राप्त न्यायधीशको अध्यक्षतामा छानबीन समिति गठन गर्ने पनि आश्वासन दिएका छन्। यस घटनाको निम्ति राज्य सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्ने पनि मुख्यमन्त्रीले पीडित परिवारलाई बचन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement