फालाकाटा हुलाक कार्यालयभित्र वर्षाको पानी, छाता लिएर सेवा लिँदै ग्राहकहरू

e184d593-95f1-476c-8e90-a67c213fd912

अलिपुरद्वार: ग्राहकहरूले फालाकाटा हुलाक कार्यालयभित्र वर्षाबाट बच्न टाउकोमा छाता लिएर सेवा लिन्छन्। पानीबाट जोगाउन प्लास्टिकमा बेरिएका सबै कम्प्युटर उपकरणहरू। कार्यालय प्रवेश गरेपछि पनि ग्राहकहरू काउण्टरमा छाता लिएर उभिने गरेका छन्। कोठाको भूइँमा पानी जमेको छ। हुलाक कार्यालय स्रोतका अनुसार हुलाक कार्यालयका कम्प्युटर र उपयोगी कागजातहरू सबै नबिग्रियोस् भनेर प्लाष्टिकले बेरेर राखिएको छ। यो हुलाक कार्यालयको यो समस्या लामो समयदेखि रहेको छ। विगत केही वर्षदेखि डिभिजन कार्यालयमा लगातार उजुरी पर्दा पनि कुनै फाइदा नभएको हुलाक कार्यालयले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement