मिरिकमा गठबन्धनको बम्पर जीत, एडवर्ड्स मिरिक आउने

IMG-20230712-WA0342.jpg

दार्जीलिङ: निर्वाचित ग्राम पंचायत सदस्य एंव पंचायत समिति सदस्यहरूलाई बधाई दिनु भोली विहिबार हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स मिरिक जाने भएको छ। ग्राम पंचायत एंव पंचायत समितिको मत गणना हिज मंगलबार सम्पन्न भएको थियो। मिरिक क्षेत्रमा गठबन्धनको उम्मेद्वारहरूले बम्पर जीत हासिल गरेको छ अनि गठबन्धनले बोर्ड गठन गर्ने सुरमा छन्। निर्वाचित ग्राम पंचायत एंव पंचायत समिति सदस्यहरू लाई बधाई दिनु भोली विहिबार हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स मिरिक जाने भएको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको मिरिक आगमनलाई ध्यानमा राख्दै हाम्रो पार्टीको स्थानीय पार्टी कार्यकर्ता एंव समर्थकहरूले स्वागत आदि जस्ता कार्यक्रमहरूको तयारी गरी सकेका छन। दार्जीलिङ पार्वतीय क्षेत्रमा विगत धेरै बर्षदेखि पंचायत चूनाव भएको थिएन, जसको कारण ले गर्दा पहाडको ग्रामिण क्षेत्रहरूमा सरकारको योजना हरू पूग्न सकेको थिएन। हाम्रो पार्टीले आफ्नो गठनकाल देखि नै पहाडमा पंचायत चूनावको मांग गर्दै आएको हो। दार्जीलिङ नगरपालिकाको चूनावपछि राज्यकी मुख्यमंत्री ममता ब्यानर्जी दार्जीलिङ आएकी थिइन।त्यस अवधि यहाँको रिच माउण्ड हिल सरकारी अतिति गृहमा पहाडको राजनैतिक दलहरूसंग अलग अलग बैठक गरेका थिए। त्यस समय हाम्रो पार्टीको प्रतिनिधि टोलीले पहाडमा अविलम्ब पंचायत चूनाव गराउने मांग गरेका थिए अनि मुख्यमंत्री ब्यानर्जीले हाम्रो पार्टीको मांगलाई गम्भीरता संग लिएका थिए।गत केही सप्ताह अधि राज्य निर्वाचन आयोगले राज्यमा पंचायत चूनावको घोषणा गरेपछि चूनावी प्रचार प्रसार तीव्रताको साथ चली रहेको समय हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको पिता श्रीमान एडवाडर्सको अस्वास्थ्य भएको खबर आएपछि चूनावी प्रचार प्रसारको क्रममा अध्यक्ष अजय एडवाडर्स आफ्नो पिताको हेरचार सिलगढी पूगेका थिए। सिलगढी को एक अस्पतालमा सप्ताह दिन जति उपचारको निम्ति भर्ना गरिएका थिए तर श्रीमान एडवाडर्सको स्वास्थ्यमा सुधार आउन नसक्दा उपचारको निम्ति हैदरबादको एक अस्पतालमा पूराएका थिए अनि उनको उपचार त्यहाँ भई रहेको हुनाले उनी चूनावी प्रचार प्रसारमा अंश ग्रहण गर्न पाएनन। अहिले श्रीमान एडवाडर्सको स्वास्थ्यमा धेरै सुधार आएका छन्, उनी अहिले स्वास्थ्य भएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स भोली विहिबार हैदरबाद देखि सिधा मिरिक आउने भएको छन। मिरिकमा गठबन्धनको निर्वाचित ग्राम पंचायत सदस्य एंव पंचायत समितिहरूसंग भेट गरेर बधाई दिने एडवाडर्सको कार्य योजना रहेको छ। अर्कोतिर हाम्रो पार्टीले पान्दाम फुब्छेरिङ ग्राम पंचायतमा बम्पर जीत हासिल गरेर बोर्ड गठन गर्ने भएको छ। त्यसरी नै पहाडको धेरैवटा ग्राम पंचायत एंव पंचायत समितिहरूमा हाम्रो पार्टी अनि गठबन्धनहरूले बम्पर जीत हासिल गरेको छ। यी विषय हरूमाथि चर्चा परिचर्चा गर्न पार्टी केन्द्रीय कमिटिको बैठक अविलम्ब बोलाउने हाम्रो पार्टी केन्द्रीय कमिटिले सोच बनाएका छन्। त्यसरी नै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले पहाडको सम्पूर्ण मतदाताहरूप्रति आभार जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *