पञ्चायत चुनाउमा ममताको जादू, अस्सी प्रतिशत सीट मुट्ठीमा

00-1-Rajya-Samachar-8

कोलकाताः पश्चिम बंगालको त्रिस्तरीय पञ्चायत चुनाउमा पनि सत्तारूढ़ तृणमूल कांग्रेसकी सुप्रीमो ममता ब्यानर्जीको जादू कायम छ। तृणमूल कांग्रेसले राज्यको लगभग ८० प्रतिशत सीटहरूमा कब्जा गरेको छ। २० प्रतिशत सीटमा भाजपा-माकपा-कांग्रेस र अन्य पार्टीका उम्मेदवारहरू विजयी रहेका छन्। मतगणना लगातार दोस्रो दिन बुधवार बिहान पनि जारी रह्यो। चुनाउ आयोगको भनाई छ, बुधवार दिउँसोसम्म स्थिति स्पष्ट हुनेछ। आयोगको ताजा सूचना अनुसार, ग्राम पञ्चायतका ६३ हजार २२९ सीटमध्ये तृणमूलले ४१ हजार ७१ मा कब्जा गरेको छ। भाजपा ८८६६ सीट जित्नमा सफल रह्यो। माकपाले २८६९ सीटमा सफलता हासिल गरेको छ भने कांग्रेसले २३८१ सीट जितेको छ। अन्य पार्टीका उम्मेदवारले २१७३ सीटमा कब्जा गरेका छन्।

यसैगरी पञ्चायत समितिको ९७३० सीटमध्ये तृणमूल कांग्रेसले ४९३८ मा कब्जा गरेको छ जबकि भाजपा ५११, माकपा १२५, कांग्रेस १०५ र अन्य पार्टीका उम्मेदवारहरूले ४६ सीटमा कब्जा गरेका छन्।

जिल्ला परिषदको ९२८ सीटमध्ये सत्तारूढ़ तृणमूल कांग्रेसले ३८३ जितिसकेको छ जबकि भाजपा १४, माकपा एक, कांग्रेस दुई र अन्य दलहरूका उम्मेदवारले एक सीटमा जित हासिल गरेको छ। बाकीमा मतगणना जारी छ।

उल्लेख्य, मंगलवार मतगणनामा पनि हिंसा भएको छ। दक्षिण २४ परगनाको भांगड़मा सबैभन्दा देरै कुटपीट र तोड़फोड़ भयो। यहाँ उम्मेदवार र काउन्टिङ एजेन्टलाई पुलिस सामू कुटियो। यसपछि आईएसएफ कार्यकर्ताहरूले २० भन्दा धेरै पुलिस गाड़ीहरूमा तोड़फोड़ गर्नकासाथै आगो सल्काए। यहाँबाट तृणमूल कांग्रेसका नेता अराबुलको बूथमा आईएसएफको जित भएको छ र संगठनले यस पूरा क्षेत्रमा आफ्नो वर्चस्व कायम राखेको छ। यहाँ आईएसएफको टिकटमा विधायकको रूपमा जितेका नौशाद सिद्दीकीले यस पाली ग्राम सभाहरूमा जितेर तृणमूल कांग्रेसलाई ठूलो झटका दिएको छ। यसलाई अल्पसंख्यक भोट ब्याङ्कमा ठूलो विभाजन आएको बताइँदैछ।

यी सीटहरूमा नलड़ी नै जिते उम्मेदवारः

ग्राम पञ्चायतका ६३ हजार २२९9 सीटमध्ये ८००२ सीटमा प्रतिद्वन्दिता बिना नै विभिन्न पार्टीहरूका उम्मेदवारहरू अगावै विजयी भएका छन्। यसमध्ये तृणमूल कांग्रेस ७९४४ सीटमा जितिसकेको छ जबकि दुईमा भाजपा, तीनमा माकपा र ५३ मा निर्दलीय उम्मेदवारहरू जितेका छन्। पञ्चायत समितिका ९७३० सीटमध्ये ९९१ मा विभिन्न पार्टीहरूका उम्मेदवार जितिसकेका छऩ्। तृणमूलले 981 सीटमा प्रतिद्वन्दिता बिना जित हासिल गरेको छ जबकि अन्य दलहरूका १० उम्मेदवार पनि यसैगरी जितिसकेका छन्। यसैगरी जिल्ला परिषदका ९२८ सीटमध्ये १६ मा तृणमूल उम्मेदवार जितिसकेका छन्। बाकी सीटहरूमा मतदान भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement