कुचबिहार: कुचबिहारमा पञ्चायत चुनावको क्रममा हिंसाको सिकार भएकी आमा र बच्चा सडकमा जले। बुधबार बिहान सडकको छेउमा राखिएको बम एक्कासी पड्किएर बाटोमा हिड्ने क्रममा आमा र बच्चा नराम्ररी जलेका थिए। घटनामा अर्का एक जना घाइते भएका छन्। निर्वाचनपछिको राजनीतिक झडपका क्रममा गएराति विप्लव समूहले ढुङ्गा बम प्रहार गरेको बताइएको छ। राती विष्फोट नभएका बममध्ये आज बिहान अचानक विष्फोट भएर यो दुर्घटना भएको अनुमान गरिएको छ।