बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीगः युनाइटेड रंगबुल र तरुण खेलकुद संघबीच म्याच ड्र

photocollage_2023712175558338.jpg

१२ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा युनाइटेड रंगबुल फूटबल क्लब र तरुण खेलकुद संघबीच म्याच २-२-ले ड्र भयो। लेबोंग स्थित गोर्खा स्टेडियममा बुधवार खेलिएको ग्रुप बी-को यस म्याचमा युनाइटेड रंगबुल फूटबल क्लबबाट सुजन गिरी र अभिनय प्रधानले गोल गरे। यसरी तरुण खेलकुद संघबाट रोजन थापा र सुरज थापाले गोल गरे। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement