बागडोगरा: मुनि चिया बगानमा पात टिप्ने क्रममा चट्याङ लागेर ३ जना चिया मजदुर गम्भीर घाइते भएका छन्। यस घटनाका कारण बागडोगरा थाना क्षेत्रको मुनि चिया बगानमा सनसनी फैलिएको छ। घाइतेहरूलाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाइएको छ। दार्जिलिङ जिल्लामा बुधबार बिहानैदेखि मेघगर्जनसहित भारी वर्षा भएको छ। दैनिकजस्तै बुधवार बिहान नक्सलबारी ब्लक अन्तर्गत बागडोगरा थाना अन्तर्गत मुनि चिया बगानको डाँगी खण्डमा धेरै चिया बगानका मजदुरहरू काम गरिरहेका थिए। यसैबीच अचानक चट्याङ लागेर चिया बगानका ३ मजदुर घाइते भएका छन्। घटनालगत्तै उनलाई उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल लगिएको थियो। यता, घटनाको खबर पाएर सिलगढी महाक्मा परिषदकी सहायक अध्यक्ष रोमा रेश्मी एक्का घाइतेलाई हेर्न पुगिन्।