दिनहाटाको बामनहाट इलाकामा ताजा बम उद्धार, मानिसहरू आतङ्कित

IMG-20230712-WA0327.jpg

कुचबिहार: पञ्चायत चुनाउको परिणाम हिज मंगलवार घोषणा भएको छ। तर मतगणनाको घोषणा भएको केही घन्टाको अवधिमा नै दिनहाटाको बामनहाट इलाकाबाट एउटा ताजा बम उद्धार भएपछि इलाकामा फेरि आतङ्कको माहौल देखा परेको छ। प्राप्त जानकारी अनुसार दिनहाटा २ नम्बर ब्लकको बामनहाट एक ग्राम पञ्चायतको महादेबेरपाट इलाकामा स्थानीय मानिसहरूले सडक किनारमा एउटा ताजा बम देखेपछि यसबारे चारैतिर हो-हल्ला फैलियो। त्यसपछि यसबारे पुलिसलाई पनि सूचना दिइयो खबर पाउन साथ दिनहाटा पुलिस घटनास्थलमा पुगेर सो बम उद्धार गरेको छ। यसको साथै पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement