सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगः सिंहमारी लायन्स क्लब र सिटी भेल्ली एफसी-बीच म्याच ड्र

photocollage_202371217959138.jpg

१२ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा सिंहमारी लायन्स क्लब र सिटी भेल्ली फूटबल क्लबबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा बुधवार खेलिएको ग्रुप बी-को यस म्याचमा सिटी भेल्ली एफसी-बाट पासंग तामाङले दुवै गोल गरे। यसरी सिंहमारी लायन्स क्लबबाट सुनिल बाल्मिकी र तेञ्जिला शेर्पाले गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement