हिंसाविरुद्ध निरन्तर लडाइँ जारी रहनेछ: राज्यपाल

00-1-Dr-CV-Ananda-Bose

कोलकाता: राज्यपाल डा. सीभी आनन्द बोस लगातार हिंसाको विरुद्धमा आवाज उठाइरहेका छन्। मंगलबार मतगणनाको दिन सडकमा उत्रिएर उनले भानगढका विभिन्न केन्द्रको भ्रमण गरेका थिए। राज्यपाल मंगलबार नै दिल्लीबाट फर्केका थिए र सोमबार केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटेका थिए। कोलकाता एयरपोर्ट बाहिर मिडियाको प्रश्नको जवाफ दिँदै उनले बंगालमा बढ्दो हिंसा विरुद्धको लडाई जारी रहने बताए। कडा चेतावनी दिँदै उनले राजनीतिक कन्ट्रोल रुममा बस्ने र रिमोट बोकेर मैदानमा गुण्डालाई नियन्त्रण गर्नेलाई कडा कारबाही गरिने बताए। सबै एजेन्सी मिलेर त्यस्ता व्यक्तिहरूलाई उनीहरूको कार्यको सजाय दिन्छन्। उनले हिंसाले आउँदो पुस्ताको भविष्य अन्धकारमा ल्याइरहेको बताए। कुनै पनि हालतमा यस्तो हुन नदिने उनले बताएका छन्। राज्यपालले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु हिंसा रहेको बताए। राज्यपालले सोमबार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement