मुम्बई: एकनाथ शिन्दे महाराष्ट्रको मुख्यमन्त्री हुनेछन्, देवेन्द्र फडणवीस होइन। स्वयं देवेन्द्र फडणवीसले शिन्देको उपस्थितिमा यो घोषणा गरेका हुन्। आज एकनाथ शिन्देले मात्र शपथ लिने फडणवीसले बताए। ‘म एकनाथ शिन्देको मन्त्री परिषद्बाट बाहिर हुनेछु। २०१९ मा भाजपा र शिवसेना मिलेर चुनाव लडे। त्यसबेला हामीले पूर्ण बहुमत पायौं। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हामीले ठूलो जित पायौं,’ उनले भनेl









