रातीदेखि बिहानसम्म परेको अविरल वर्षाले धुपगढी नगरपालिकाका धेरै वार्ड डुबाउ

6c415d2b-ce58-46cc-aaf2-e9a7c2268c72

जलपाइगढी: रातदेखि बिहानसम्म परेको अविरल वर्षाका कारण धुपगढी नगरपालिकाका केही वार्डहरू डुबाउमा परेका छन्। रातभर परेको अविरल वर्षाका कारण धुपगढी नगरपालिकाका वडा नम्बर ३, ११, १४, १५ का धेरै क्षेत्रमा सडकमा घुँडा गहिरो पानी जम्मा भएकाले स्थानीयवासीले समस्यामा परेका छन्। धुपगढी–फालाकाटा राष्ट्रिय राजमार्गमा मेयर थान नजिकै पानी जमेको छ। जसका कारण समस्या भोग्नु परेको छ। लामो समयदेखि यो समस्याबाट गुज्रिरहेको स्थानीयले बताएका छन्। स्थानीय नगरपालिका प्रशासनलाई जानकारी गराए पनि केही गर्न सकेको छैन। स्थानीयवासीले नगरपालिका प्रशासनलाई पटक पटक अपिल गरेपनि ढल निकासको राम्रो व्यवस्था नहुँदा ती क्षेत्रमा पानी जमेको आरोप छ। जसका कारण यहाँका बासिन्दा निकै समस्यामा परेका छन्। नगरपालिका प्रशासनले छिट्टै समस्या समाधान गरोस् नत्र ठूलो समस्या भोग्नु पर्ने स्थानीयको माग छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement