शिवखोला ग्राम पञ्चायतको सिमरिङ मालुटारको पञ्चायत समितिको सिटमा भागोप्रमोको अनिरा तामाङको जीत

IMG-20230712-WA0250.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत शिवखोला ग्राम पञ्चायतको सिमरिङ र मालुटार क्षेत्रमा रहेको बुथ नम्बर २४० र २४१ बाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी अनिरा तामाङ पञ्चायत समितिको सिटमा बिजय बनेकी छन्। उनले आफ्नो प्रतिद्वान्दी निर्दलीय प्रार्थी आरती राईलाई जितेका छन्। आफ्नो जीतप्रति पत्रकारहरूसित कुराकानी गर्दै शिवखोला ग्राम पञ्चायतको पञ्चायत समितिको सदस्या अनिरा तामाङले यो जीत विषयमा आफुलाई आशा रहेको किनभने जनताको लागि पर्दाभित्र रहेर धेरै कार्यहरू गरेको बताएकी छन्। उनले यो सम्पूर्ण जनताको जीत रहेको बताउँदै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई धन्यवाद दिएका छन्। उनले आफ्नो क्षेत्रमा पार्टी अध्यक्ष अनित थापा आएर आफुलाई धेरै मनोबल बढ़ेको बताउँदै आफु निर्वाचित बनेकोले आफुले प्रथममा यस क्षेत्रको मानिसहरूको लागि स्वास्थ्य सेवा विषय कार्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। अनिरा तामाङले आफु पञ्चायत समितिको सदस्याको रूपमा निर्वाचित भएकोले पार्टीले साथ दिएको खण्डमा स्वास्थ्य सेवा लगायत क्षेत्रको बाटोहरू निर्माण कार्यमा सहयोग गर्न पर्ने बताएका छन्। उनले अप्पर सिमरिङ, शिवखोलाको छोकरे जाने बाटो, अप्पर मालिबाँसे, मालुटारको गोदामधुरा जाने बाटो, डाक बंगलाको दुई नम्बर, फागुटारको चार नम्बर जाने रोड आदि निर्माण गर्नलाई कार्य गर्ने तथा विभिन्न मानिसहरूका नयाँ घरहरू बनाउन सहयोग गर्ने पनि बताएकी छन्।

About Author

Advertisement