
युग परिवर्तनसितै मानिसको जीवनशैली, आचार व्यवहार, मानसिक सोंच, कार्यशैली बौद्धिक क्षमता, खानपान सबै थोकमा परिवर्तन आएको छ। जीवन र संसार गतिशील छ, जो स्वाभाविक पनि हो, स्थिर त ढुङ्गा मात्र हुन्छ। एक्काइसौं शताब्दीमा आएर मान्छेको जीवन एकापट्टि सहज भएको छ भने अर्कोपट्टि जटिल पनि बन्दै गइरहेको छ। यो युग सञ्चामाध्यमको युग हो, त्यसमा अझ सहजता,शीघ्रता थपिदिएको छ अत्याधुनिक ग्याजेट्स र इन्टरनेटको प्रयोगले। तर कतिपय कुरामा भने यसले लाभको सट्टा हानि नै गरेको पनि छ।
यही ग्याजेट्सको उपयोग गर्दै समयअनुसारको फल चाख्नुपर्छ भन्ने उक्तिलाई साकार गर्दै अनि बेरोजगारीको समस्या केही हदसम्म समाधान गर्दै भए पनि प्रौद्योगिकीको प्रयोग गरेर धेरैले अनलाइन पोर्टल (विभिन्न किसिमका) सञ्चालन गरिरहेका छन्, जो राम्रो पनि हो, एक अर्थले। तर विशेषगरी न्यूज पोर्टल सञ्चालकहरूले दुई चारवटा कुरामा ध्यान दिनु अति आवश्यक छ। ती यसप्रकार छन्:-
१. सर्वप्रथम त भाषाको शुद्धतामाथि ध्यान दिनु अति आवश्यक छ लिखितममा समाचार दिनु छ भने, भाषामा पूरै लापरवाही देखिन्छ, हिज्जे अनि व्याकरणगत दुवैमा।
२. अन्तरवार्ताहरू केवल नेतालाई मात्र लिने होइन, समाजमा विश्रृंखलता ल्याउने, आपसी हिलो छेपाछेप जस्तो निम्न स्तरको टिप्पणीहरू सम्पादन गरेर हटाउनु आवश्यक छ। समाजमा नेता मात्रै छैनन् (पहाडमा त झन तथाकथितहरू मात्र छन् अधिकांश), समाज निर्माणमा योगदान दिने अरु असल मानिसहरू पनि छन्, जस्तै- राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा विभिन्न खेलकूदका क्षेत्र फूटबल, भलिबल, बक्सिङ, बडी बिल्डिङ, कराते अथवा मार्शल आर्ट, ब्याडमिण्टन र अरू पनि, उनीहरूको पनि अन्तरवार्त्ता लिएर प्रसारण गर्न सकिन्छ; त्यस्तै भाषा साहित्य, संस्कृतिकर्मी, नाट्य तथा चलचित्रकर्मी, समाजसेवी, एनजीओ, सञ्चालक, नृत्य क्षेत्र, उच्च क्षेत्रमा काम गर्ने मानिसहरू, चिया, कृषि, बागवानी विषय, अध्ययन गर्ने व्यक्तिहरू, प्रतिभाशाली बेरोजगार मानिसहरू, वृद्ध अवस्थामा पुगेका नर नारी, शोधार्थीहरू, कानूनविद्हरू, स्थापित व्यवसायीहरू आदिl वास्तवमा समाजका धरातल सुदृढगर्ने उनीहरू र उनीहरूको अनुभव, ग्यान अनि कर्म हुन्l नेताहरू भनेको समाज र जाति बिगार्ने तत्व हुन् अहिलेको राजनैतिक परिवेश हेर्दाl सबै नेता पनि होइनन्, नेतागिरी गरेर पेट पालो गर्ने पनि छन् कतिपयl
३. अनलाइन न्यूज पोर्टल चलाउन निरपेक्ष, निष्पक्ष हुनु आवश्यक छ, कुनै राजनैतिक दलको मुखपत्र जस्तो हुनु भएन, किनकि सञ्चारमध्यम अर्थात पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ हो, यसमाथि आँच आउन दिनु भएनl
४. पत्रकारिता कुनै पनि मध्यमको होस्, रेडियो, टीभी च्यानल, मुद्रण वा अनलाइन, सबैले आ-आफ्नो धर्मागत भूमिका निभाएर स्वच्छ, शान्त, समृद्ध समाजको निर्माणको योगदान दिनु नै आजको आवश्यकता होl
(लेखक स्तम्भकार एवं सामाजिक कार्यकर्ता हुनुहुन्छ)