सप्तश्री ज्ञानपीठ च्याम्पियन

IMG-20230712-WA0183.jpg

१२ जुलाईः कालेबुङको सप्तश्री ज्ञानपीठको अण्डर-१९ बोइज फूटबल टीमले सीआईएससीई रिजनल अण्डर-१९ फूटबल टुर्नामेण्टमा च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। कलकत्ताको सेण्ट थोमस बोइज स्कूलमा सम्पन्न यस टुर्नामेण्टको फाइनलमा सप्तश्री ज्ञानपीठको टीमले विवेकानन्द मिशन स्कूललाई १-०-ले पराजित गऱ्यो। फाइनलको एकमात्र गोल गौरव राईले छिराए। बबलू गुप्ताको प्रशिक्षणमा रहने सप्तश्री ज्ञानपीठको टीमबाट टाशी डी तामाङले सर्वाधिक गोलदाता, आर्यन छेत्रीले प्लेयर अव् द टुर्नामेण्ट र गौरव राईले प्लेयर अव् द म्याच (फाइनल)-को पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement