१२ जुलाईः अष्ट्रेलियाका अनुभवी ओपनिंग ब्याटर डेविड वार्नरले ईंग्ल्याण्ड विरुद्ध जारी एशेज टेस्ट सीरीजमा खराब फर्मबाट मुक्ति पाउन सकेका छैनन्। सीरीजको पहिलो तीनवटा टेस्ट म्याचमा वार्नरले केवल एउटा अर्द्धशतक बनाएका छन् अनि यस अवधि ईंग्ल्याण्डका पेस बलर स्टुअर्ट ब्रडले उनलाई बारम्बार आउट गरेका छन्। वार्नरले अहिलेसम्म तीनवटा टेस्टको ६ वटा ईनिंग्समा ९, ३६, ६६, २५, ४ र १ रन मात्र बनाएका छन्। यस्तो स्थितिमा पूर्व अष्ट्रेलियाई कप्तान माइकल क्लार्कले वार्नरलाई परामर्शको साथमा चेताउनी दिएका छन्। ब्रिटिश मीडियाले वार्नरलाई ब्रडको फेवरेट बनी बताएको छ। ब्रडले अहिलेसम्म उनलाई टेस्ट क्रिकेटमा १७ पल्ट आउट गरिसकेका छन्। लीड्समा अष्ट्रेलियाई टीमको हारपछि पूर्व कप्तान क्लार्कले अष्ट्रेलियाई टीममा वार्नरको स्थान लिनको निम्ति पर्याप्त विकल्प रहेको बताए। उनले ओपनिंग ब्याटरको रूपमा मार्कस हेरिस र म्याट रेनशा-को नाम पनि लिए। क्लार्कले भने, यो सब के भइरहेको छ भन्ने मलाई बताउनुहोस्। के तपाईं वार्नरलाई राख्नु हुन्छ ?उनलाई मौका दिनु हुन्छ? ब्रडलाई उनको कमजोरी थाहा छ। म त्यहाँ भए यी सब कुराहरू नसोचेर सीधै विकल्प तर्फ ध्यान दिने थिए।
क्लार्कले भने, मेरो विचारमा मिच मार्श फर्ममा छन्। उनले आक्रामक ब्याटिंग गरेर विपक्षी टीमलाई धक्का दिए। एलेक्स केरीले यस्तो गर्न सक्दैनन् कारण उनले कीपिंग गर्नु पर्छ तर ट्रेविस हेडले यस्तो गर्न सक्छन्। मार्नस लाबुशेनले नम्बर तीन ब्याटरले जस्ता रन बनाइरहेका छैनन्। उनले ओपनिंग गर्न सक्छन्। स्मिथ नम्बर तीनमा खेल्न सक्छन् अनि हेड नम्बर चारमा ओर्लिन सक्छन्। ग्रीन ५ या ६ नम्बरमा ओर्लिन सक्छन्। अष्ट्रेलियाका ४२ वर्षीय पूर्व कप्तानले बताएअनुसार, चौथो टेस्ट अघि वार्नरको भाग्य अलराउण्डर क्यामरन ग्रीनको फिटनेसमाथि निर्भर रहनेछ। क्लार्कले भने, अहिले हामीले सबैभन्दा पहिला टीममा वार्नरको स्थानबारे सोच्नु पर्नेछ। त्यसपछि ग्रीनको फिटनेसको कुरा आउँछ। उनी म्याचमा बलिंग गर्न शत प्रतिशत फिट छन् कि छैनन् भन्ने हेर्नु पर्नेछ। टीम म्यानेजमेण्टले अब या त वार्नरलाई राख्नु पर्नेछ या ब्याटिंग क्रममा फेरबदल गरी मिच मार्शलाई खेलाउनु पर्नेछ। उल्लेखनीय छ, चौथो एशेज टेस्ट म्याच १९ जुलाईदेखि म्यानचेष्टरको ओल्ड ट्रेफर्ड क्रिकेट ग्राउण्डमा खेलिनेछ।