१२ जुलाईः विश्वकी नम्बर एक महिला टेनिस खेलाड़ी इगा स्वियातेक विम्बल्डन टेनिस च्याम्पियनशीपको क्वार्टर फाइनलमा उलटफेरको शिकार भइन्। उनलाई युक्रेनकी एलिना स्वितोलिनाले पराजित गरिन्। स्वियातेकको साथमा चौथो वरीयता प्राप्त अमेरिकी खेलाड़ी जेसिका पेगुला पनि हारको सम्मुखीन भइन्। विश्वकी पूर्व तीन खेलाड़ी युक्रेनकी स्वितोलिनाले शीर्ष वरीयता प्राप्त पोल्याण्डकी स्वियातेकलाई क्वार्टर फाइनलमा ७-५, ६-७ (५), ६-२-ले पराजित गरी सबैलाई चकित बनाइन्। तीमपल्टकी फ्रेञ्च ओपन च्याम्पियन अनि एकपल्टकी यूएस ओपन च्याम्पियन स्वियातेकको यो विम्बल्डनमा सर्वश्रेष्ठ प्रदर्शन हो। उनी गत वर्ष पनि यस आयोजनको तेस्रो राउण्डमै बाहिर भएकी थिइन्।
गत वर्ष अक्टोबरमा छोरीको जन्मपछि अप्रेल २०२३-मा कोर्टमा फर्किने स्वितोलिना पहिलो सेटमा एक समय ३-५-ले पछि रहेकी थिइन् तर उनले अघिल्लो १८-मा १६ पोइण्ट हासिल गरी सेट जितिन्। यसरी असाधारण पुनरागमनको साथ पहिलो सेट जितेपछि युक्रेनकी खेलाड़ीले स्वियातेकमाथि मानसिक दबाउ सृष्टि गरिन्। त्यसपछि स्वियातेकले दोस्रो सेट टाईब्रेकरमा जिते पनि तेस्रो तथा निर्णायक सेटमा ४-२-को बढ़त हासिल गरेपछि स्वितोलिनाले पछि फर्किएर हेरिनन्।
फ्रान्सीसी टेनिस स्टार गेल मोनफिल्सकी पत्नी स्वितोलिनालाई विम्बल्डनमा वाईल्ड कार्डको माध्यमले प्रवेश प्राप्त भएको थियो। उनी २०१९ पछि पहिलोपल्ट विम्बल्डनको सेमिफाइनलमा पुगिन्। अब सेमिफाइनलमा स्वितोलिनाले चेक रिपब्लिककी मार्केटा वोन्द्रोसोवा विरुद्ध खेल्नेछिन्। वोन्द्रोसोवाले क्वार्टर फाइनलमा अमेरिकी खेलाड़ी जेसिका पेगुलालाई ६-४, २-६, ६-४-ले पराजित गरिन्। साल २०१९-को फ्रेञ्च ओपनमा सेमिफाइनलमा स्थान बनाउने मार्केटाले पूरा म्याचमा असाधारण टेनिस खेलिन्। यस हारको साथै पेगुलाको ग्राण्ड स्ल्यामको सेमिफाइनला पुग्ने सपना अधुरै रह्यो। उनी २०२२-देखि २०२३-सम्म चारवटा ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन, विम्बल्डन र यूएस ओपनको क्वार्टर फाइनलमा पुगिसकेकी छन्। यसपाली उनी पहिलोपल्ट सेमिफाइनलमा पुग्ने प्रयासमा जुटेकी थिइन् तर मार्केटाले उनको प्रयासलाई माटोमा मिलाइन्। मार्केटाले पूरा म्याचमा सातवटा एस लगाइन् अनि पहिलो सर्विसमा ६७ प्रतिशत अंक हासिल गरिन्।