गेजिहमा दुई दिवसीय भानु जयन्ती समारोह शुरु

IMG-20230711-WA0405.jpg

गान्तोक: पशिम सिक्किम साहित्य प्रकाशन अनि गेजिङ जिल्ला भानु जयन्ती समारोह समितिको संयुक्त आयोजनामा सम्पन्न हुने दुई दिवसीय भानु जयन्ती समारोह विविध कार्यक्रमसितै आजदेखि शुरू भएको छ। यहाँको सार्वजनिक भवनमा प्रकाशनको तत्परतामा विभिन्न सरकारी र निजी विद्यालय संघ, सस्था आदिलाई लिएर साहित्यिक गोष्ठि विद्यालयस्तरमा र खुल्ला रामायण पाठ प्रतियोगिता सम्पन्न भयो। पहिलो दिनको साहित्यिक गोष्ठि एव रामायण पाठ प्रतियोगितात्क कार्यक्रममा सिडिकोका अध्यक्ष जनक गुरुङ सभा अध्यक्षको रुपमा उपस्थित रहेका थिए भने साथमा जल स्रोत अध्यक्ष हरिनारायण सुवेदी, गेजिङ जिल्ला महकुमा अधिकारी एवं आयोजक समितिका महासचिव सन्तोष कुमार आले, केदार गुरुङ, गेजिङ नगर पञ्चायत अध्यक्ष देवेन्द्र शर्मा अन्य सदस्यगण स्रस्ठा एवं साहित्य प्रकाशनका प्रतिनिधि सहभागी थिए। कार्यक्रमको प्रथम चरणमा मुख्य अतिथिको वाहुलीबाट आदि कवि भानुभक्तको तस्बीरमा माल्यअर्पण अनि दीप प्रज्वलन गरेपछि कार्यक्रम शुरू भएको थियो। यस साहित्यिक गोष्ठिमा सरकारी अनि निजी विद्यालयका विद्यार्थी सहित सस्थाहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा प्रतियोगितात्मक रूपमा सम्पन्न भएको खुल्ला रामायण पाठ प्रतियोगितामा प्रथम पेलिङ बरिष्ठ माध्यमिक विद्यालय. दोस्रो लिङ्चोम अनि तेस्रो गेजिङ बनेको थियो। यसैगरी कथा प्रतियोगितामा पेलिङका विद्यार्थी अबिनास सन्यासी प्रथम, चुनम राई लिङ्चोम दोस्रो अनि रोनक आरा, कन्या वरिष्ठ माध्यमिक विद्यालयकी छात्रा भइन्। यस कार्यक्रमको समापन १३ जुलाई भानु जयन्तीको अवसरमा हुनेछ। पश्चिम सिक्किम साहित्य प्रकाशनले भानु जयन्तीलाई एक साहित्यिक पर्वको रूपमा पालन गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement