९ बदमाशहरु पक्राउ

सिलगढ़ी। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको माटीगढ़ा र भक्ति नगर थाना पुलिसले अबेर राति अभियान चलाएर ९ बदमाशलाई पक्राउ गरेको छ। सिलगढ़ी मेट्रोपोलिटन पुलिस अनुसार, हिजो राति लूटको उद्देश्यले जमा भएका ९ जना बदमाशलाई पक्राउ गरिएको छ।

भक्ति नगर थाना पुलिसले इन्दिरा गान्धी मैदान क्षेत्रबाट मोहम्मद इम्तियाज, राकेश विश्वास, उत्तम राय र हर्क बहादुर भुजेल नामका ४ बदमाशलाई पक्राउ गरेको छ भने त्यही माटीगढ़ा पुलिसले पतिराम जोत क्षेत्रमा अमित थापा, संजय दे, मानव बर्मन, राजा र मनोज दास नामका ५ बदमाशहरुलाई पक्राउ गरेको छ। पुलिसले दुवै मामिलामा भारी संख्यामा हतियार पनि जफत गरेको छ। दुवै थाना पुलिस अघिको कारबाहीमा जुटेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement