खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम दुई तीनधारे क्षेत्रबाट पञ्चायत सदस्यको लागि भारतीय जनता पार्टीको चारजना प्रार्थीहरू, तीनजना भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरू र दुईजना निर्दलीय प्रार्थीहरू बिजय भएका छन्। घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारे क्षेत्रमा बोर्ड कसले गठन गर्ने हुन् त्यो अझैं अनिश्चित देखिएको छ। अब यस ग्राम पञ्चायतमा बिजय हाँसिल गरेका दुईजना निर्दलीय प्रार्थीहरूको महत्वपूर्ण भूमिका रहने देखिएको छ। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम दुईको तीनधारे क्षेत्रबाट पञ्चायत सदस्यमा तीनधारे चियाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी दिपेन्द्र तामाङ र चुनभट्टीबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी पुष्पकुमारी प्रधान र मिठाईडाँड़ा बुथबाट भगवती प्रधान बिजयी बनेका छन्। त्यसरी नै भारतीय जनता पार्टीबाट शंकर निवासको बुथमा सुस्मिता गजमेरले जितेका छन् त्यसरी नै भारतीय जनता पार्टीबाट क्रिकेट बजारबाट योगराज प्रधान, राजबारीबाट अजय विश्वकर्म र मिठाईडाँड़ा बुथबाट बिनुता रसाइली बिजयी बनेका छन्। घैयाबारी ग्राम पञ्चायत दुईमा दुईजना निर्दलीय प्रार्थीहरू क्रमैले राजबारीबाट दावा दोर्जे र चुनभट्टी बुथबाट रञ्जित थापा बिजय बनेका छन्। घैयाबारी ग्राम पञ्चायत दुईमा पञ्चायत सदस्यमा जम्मा ९ सिट छन् भने बोर्ड गठन टके लागि ५ सिट चाहिएको छ। यसमा भागोप्रमोले ३, भारतीय जनता पार्टीले ४ र निर्दलीय २ जना प्रार्थीहरू बिजय बनेका छन्। अब घैयाबारी ग्राम पञ्चायत दुईमा कसको बोर्ड गठन हुने हो त्यो हेर्नु लायकको भएको छ। आफ्नो आफ्नो जीतप्रति पत्रकारहरूसित कुराकानी गर्दै भारतीय जनता पार्टीको प्रार्थीहरू क्रमैले योगराज प्रधान, अजय विश्वकर्म र सुस्मिता गजमेर अनि एकजना निर्दलीय प्रार्थी रञ्जित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।