कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १९ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ४,१९७ जनाको परीक्षण गरेकोमा १९ जनामा संक्रमण पुष्टि भएको छ। (३,५६५ जनाको आरटी-पीसीआर परीक्षणमा १८ जना अनि ६३२ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १९ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल १४९ जना सक्रिय संक्रमित रहेका छन्। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल संख्या १,९७,४०,७७० पुगेको छ। (गत २४ घण्टमा खोप लगाउने को संख्या ०)
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,१९,२३१ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६६,९२१ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।










