गान्तोकः भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाको अगुवाईमा आज पार्टीको एक टोलीले मल्ली बजारको विपरित छेउमा बनाइएको रेलवे प्रोजेक्टको डम्पिङ साइटका कारण भत्किएको सुरक्षा पर्खालको निरीक्षण गरे। टोलीमा क्षेत्र विधायक फरवन्ती तामाङ र प्रदेश भाजपाका वरिष्ठ उपाध्यक्ष अर्जुन राई पनि सामेल थिए।
प्रदेश भाजपाद्वारा विज्ञप्ति अनुसार, पश्चिम बंगाल पट्टि अवस्थित डम्पिङ साइटका कारण नदीको पानी सिक्किमको मल्ली बजारतिर फर्किएको छ। यसले सुरक्षा पर्खाललाई भत्काउॅंदै मल्ली बजारको नदी किनारमा अवस्थित आवासीय क्षेत्रको निम्ति खतरा उत्पन्न गरिरहेको छ।
भाजपा अध्यक्ष थापाले उक्त विषय रेलवे परियोजनाका अधिकारीहरू समक्ष उठाए। रेलवे अधिकारीहरूले पनि नदीको प्राकृतिक प्रवाह चॉंडोभन्दा चॉंडो सुनिश्चित गर्ने आश्वासन दिएका छन्। उनीहरूले मानिसहरूको सुरक्षालाई ध्यानमा राख्दै भत्किएको सुरक्षा पर्खाल पनि मरम्मति गरिदिने वचन दिएको बताइएको छ।
-हिस