काठमाडौं: सोलुखुम्बुमा भएको मनाङ् एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ। दुईवटा हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो। मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका-५ लामजुरापास नजिक दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना म्याक्सिन नागरिकको मृत्यु भएको छ। सोलुखुम्बुको सुर्केबाट आज बिहान ९ बजेर ५२ मिनेटमा काठमाडौंका लागि उडेको कलसाइन एनए-एमभी कलसाइनु भएको हेलिकोप्टर बिहान १० बजेर १ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको थियो।