गान्तोकः विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको तत्वावधानमा आज, ११ जुलाईदेखि ओडिशाको बालेश्वरमा विद्या भारती, पूर्व क्षेत्रको दुई दिवसीय बैठक शुरू भयो। विशेष रूपमा पॉंच आधारभूत विषय जस्तै शारीरिक शिक्षा, योग शिक्षा, संगीत शिक्षा, नैति-आध्यात्मिक शिक्षा र संस्कृत शिक्षालाई लिएर आयोजित यस बैठकमा विद्या भारती, सिक्किमका तीन पदाधिकारीले सहभागिता जनाएका छन्।
सिक्किमबाट शारीरिक शिक्षा प्रमुख, सह संगीत प्रमुख र नैतिक-आध्यात्मिक प्रमुखले सहभागिता जनाएका छन्। उक्त बैठकमा सिक्किमलगायत विभिन्न राज्यका ३९ जना प्रतिनिधिले भाग लिइरहेका छन्। भोलि समाप्त हुने बैठकमा विद्या भारतीको कार्य योजना, आगामी योजनाहरूको तयारी, समीक्षा आदि विषयहरूमाथि चर्चा हुने जानकारी विद्या भारती, सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।
-हिस