खरसाङ: समय लागे पनि आखिरमा सत्यको जीत भयो। हामीले जनताको मनमा बास पायौं। जनताले स्वीकार गरे यथार्थको राजनीतिलाई भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सचिव एंव खरसाङ महकुमा समितिको चुनाव को-अर्डिनेटर प्रणाम रसाईलीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले यस चोटि भावनाको कठपुतली बनेर गलत नेतृत्वलाई सत्ता दिन चाहेनन् जनताले भन्दै समय अवश्य लाग्यो, हारेर पनि जनताको बीचमा रहेर कार्य गर्ने अध्यक्ष अनित थापालाई आज सम्पूर्ण पहाडवासीले सहृदय स्वीकार गरेको र चुनावको घोषणा भएदेखि दिन रात नभनी, घाम पानी नभनी, उकालो ओह्रालो, पहाड कान्दारा,गाउँ- गाउँ, घर -घर गई कार्य गरेको फल आज समस्त कार्यकर्ताहरूले पाएका छन् भनी बताएका छन्। रसाईलीले अघि भने –
जीटीए सभाको निम्ति ४५ वटै समष्टिमा उम्मेदवार दिए पश्चात स्वच्छ र व्यवस्थित राजनीतिको परिचय दिन्दै सबै उम्मेद्वारहरूले सबै कार्यकर्तालाई एकमुष्ट पारी जसरी कार्य गरे उनीहरू सबै सबैलाई मुरी मुरी धन्यवाद दिन चाहान्छु। हार र जीत भनेको एउटा सिक्काको दुई पाटो हो, हाम्रा उम्मेदवारहरू ज- जसले यस चुनावमा जीत हाँसिल गरे उनीहरूलाई हार्दिक बधाई दिन चहान्छु र अब पहाड बनाउन र पहाडलाई सुनौलो भविष्यतर्फ लान हजुरहरूको ठूलो भूमिका रहनेछ कारण जनताले हजुरलाई जुन मत दिए अब त्यसको कदर अवश्य हुनेछ भनि विश्वस्त छु। र जसले यस चुनावमा भरपूर प्रयास गरेता पनि जीत हासिल गर्न सकेनन्, उनीहरूको निम्ति पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको ठान्दछु। जनताले हजुरहरूलाई नकारेका होइन बरु म त भन्छु अझ दृढतापूर्वक अघि आए कार्य गर्ने चुनौती दिएका हुन्। अब हजुरहरूले प्रमाण गर्नु छ, किन र कसरी म योग्य थिए त भनी प्रश्न गर्दै अनित थापाको नेतृत्वमा र उहाँको कार्यशैलीबाट प्रेरणा लिएर कार्य गर्दै गए एकदिन अवश्य जनताले हजुरको जीत निश्चित गराउने छ।
भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइलीले म मेरो निजि पक्षबाट सबै सबै उम्मेदवारहरूलाई बधाई एंव शुभकामना व्यक्त गर्न चाहन्छु भन्दै पार्टी अध्यक्ष अनित थापा, उनको मार्गदर्शन र उनको कथनलाई सिरोपर रागखि कार्य गर्न पाउन मेरो अहोभाग्य ठान्दछु, आज उनको सोच र कार्यशैली, विशेषगरी हार र जीतको समीकरणदेखि माथि उठी जनसेवाको कार्य गरे जनताले एकदिन अवश्य अंगाल्ने छ भन्ने विचारको म कदर गर्दछु, उनले आज यो जीत हाँसिल गरी एउटा इतिहास रचेका छन्। जुन जटिल परिस्थितिमा पहाड थियो त्यस्तो परिस्थितिमा पनि जनताको बीच रहि कार्य गर्नु अनि जनतालाई कुनै कुरा पनि नढाँटी कार्य गर्नु भनेको साहस हुनपर्छ, सत्ताको प्रलोभनमा आफु नपरी केवल अनि केवल जनताको सेवा गर्छु त्यो पनि कसैलाई नढाँटी, नछली, यहि नै भयो उहाँको सबैभन्दा ठूलो हतियार भनी बताएका छन्। राम्रो काम गर्न गाह्रो हुन्छ, गाह्रो काम गर्न छोड्न हुन्न” भन्ने अध्यक्ष अनित थापाले यस कुरालाई आज प्रमाणित गरेका छन्। आफु एक राजनीतिक दलको प्रमुख भई कार्य गर्न निस्किएका, उनले कहिले कसैलाई गाली गरेनन्, कहिले कसैमाथि राजनितिक प्रहार गरेनन्, धेरैले यस्तो निर्णयलाई पचाउन सकेनन् तर उनले कहिले पछि फर्केर हेरेनन्, बरु जनसेवामा लागि रहे। आज जुन जीतको स्वाद समस्त पहाडबासीले लिइ रहेका छन् यो केवल अध्यक्षको नयाँ राजनीतिक संस्कारको देन हो। जनताको सेवक भई कार्य गर्नु भनि अघि आएका माननिय अध्यक्ष ज्युलाई हार्दिक बधाई एंव शुभकामना व्यक्त गर्न चाहन्छु।
भनिन्छ, घर बनाउन अघि पहिला त्यसको घडेरी बलियो हुनपर्छ। आज जुन घर तयार भई हामी त्यहाँ बसि रमाइलो गरिरहेका छौ, त्यो घरको घडेरी भने ती सम्पूर्ण कार्यकर्ताहरू हुन, जसले निस्वार्थ भावनाले कार्य गरि रहे, यो जीतको श्रेय ती सम्पूर्ण कार्यकर्ताहरूलाई जान्छ। बिना सर्त केवल जीत हासिल होस अरु केहि पर्दैन, भन्ने सोच लिएर दिन रात खट्ने ती कार्यकर्ताहरू यस जीतका घडेरीहरू हुन्।अब हामी सबैको सुनौलो भविष्य निर्माण भइसकेको छ। हामीले देखेको सपना अब अवश्य पूरा हुनेछ। यो जीतको निम्ति ती सम्पूर्ण कार्यकर्ताहरूलाई हार्दिक बधाई एंव धन्यबाद ज्ञापन गर्न चाहन्छु भनी बताएका छन् । उनले यस जीतलको साथ पहाडमा नयाँ युगको प्रारम्भ भएको छ, अब म होइन हामी भएर यस पहाडलाई हाम्रो पहाड स्वच्छ र सुन्दर पहाड बनाउनु छ। यतिका दिनसम्म हामी सबैले धैर्यताको साथ कार्य गर्दै आएका थियौं, पहिलाबाट नै हामी सबैले नयाँ राजनीतिक संस्कारलाई दिशा दिइसकेका छौ, नयाँ युगको ढोका खोलि सकेका छौं, अब त्यहाँ प्रवेश गर्नु छ र नयाँ पहाड, स्वच्छ पहाड, सुनौलो पहाड बनाउनु छ।
फेरि पनि, जीत हासिल गरेका सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई एंव शुभकामना व्यक्त गर्दै नयाँ युगको प्रारम्भको हिस्सा हुने अवसर प्राप्त गरेकोमा आफुलाई भाग्यनमानी ठान्दछु प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।











