चुनाउ जित्न विस्फोटक राखेको आरोपमा तृणमूल उम्मेदवार पक्राउ

00-1-Rajya-Samachar-4

कोलकाताः बीरभूम जिल्लाको नलहटी मनावर ग्राम पञ्चायत क्षेत्रमा तृणमूल कांग्रेस उम्मेदवार मनोज घोषलाई एक दिनअघि मात्र राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले पक्राउ गरेको थियो। उनलाई आफ्नो ढुंगा खानीमा भारी मात्रामा जिलेटिन स्टिक र इलेक्ट्रिक डेटोनेटर राखेको आरोपमा पक्राउ गरिएको थियो। मङ्गलवार मतगणनापछि थाहा लाग्यो, उनले चुनाउ जितेका छन्।

मनोज घोषले ३०९ भोटको अन्तरले जितेका छन्। उनी बहादुरपुर गाउँको बासिन्दा हुन्। उनको घरबाट ८५ हजार इलेक्ट्रिक डेटोनेटर र २७०० किलो अमोनियम नाइट्रेट बाहेक भारी मात्रामा जिलेटिन स्टिक उद्धार भएको आरोप छ। जून महिनाको अन्तमा एनआईएले उनको घरमा छापा मारेर यी सबै विस्फोटक उद्धार गरेको थियो। त्यही मामिलामा एक दिनअघि उनलाई पक्राउ गरिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement