टिफिन नपाएपछि मतदान कर्मीहरूको प्रदर्शन

00-1-Rajya-Samachar-5

दक्षिण दिनाजपुरः मतगणना केन्द्रमा प्रवेश गरेको धेरै घण्टा बितेपनि टिफिन नपाइएकोले रूष्ट मतदान कर्मीहरूले प्रदर्शन गरेका छन्। घटना गंगारामपुर कलेज मतदान केन्द्रको बताइएको छ।

बिहान ७ बजी मतदान केन्द्रभित्र पसेदेखि प्रखण्ड प्रशासनको तर्फबाट मतदान कर्मीहरूलाई केवल टिफिनको टोकन दिइयो। तर कुनै टिफिन दिइएन। यसको विरोधमा मतदान कर्मीहरूले मतगणना केन्द्र बाहिर निस्केर विरोध प्रदर्शन शुरू गरे। जसबाट गंगारामपुर कलेजमा मङ्गलवार निर्धारित समयभन्दा लगभग दुई घण्टा ढिलो स्ट्रङ रूम खोलियो। सबै राजनीतिक दलहरूका प्रतिनिधिहरू, एसडीओ, मजिस्ट्रेट र चुनाउ अधिकारीहरूको उपस्थितिमा स्ट्रङ रूम खोलियो र फेरि गणना शुरू भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement