तृणमूल प्रत्याशीमाथि लाग्यो ब्यालट बक्समा पानी र मसी खनाएको आरोप

IMG-20230711-WA0233.jpg

कुचबिहारः मतगणनामा पछाड़िएपछि तृणमूल कांग्रेसको प्रत्याशीले ब्यालट बक्समा पानी र मसी खनाएको आरोप लागेको छ। जसलाई लिएर कुचबिहार एक नम्बर ब्लकको मतगणना केन्द्रमा भारी हंगामा शुरू भएको छ। जानकारी अनुसार, त्यस मतगणना केन्द्रमा फोलिमारी ग्राम पञ्चायतको मतगणना चलिरहेको थियो। बुथ संख्या ४/४१ को ब्यालट बक्स खोल्दा तृणमूल कांग्रेसका उम्मेदवार रिङ्कू राय राजभरले १४४ मध्ये केवल दुई भोट पाएको र बाकी सबै मतपत्रहरूमा भाजपाको चुनाउ चिह्नको मोहर लागेको देखियो। यसले रूष्ट भएर तृणमूल प्रत्याशीले ब्यालट बक्समा पानी खन्याएको आरोप छ। जसपछि मतगणना केन्द्रमा तनाव फैलियो। भोटहरूको गणना तुरन्तै रोकियो। तृणमूल प्रत्याशी रिङ्कू राय राजभरलाई पुलिसले पक्राउ गरेको छ।

उल्लेख्य, फोलिमारीको बुथ नम्बर ४/३८ भित्र भाजपा एजेन्ट माधव विश्वासको हत्या गरिएको थियो। जसलाई लिएर राज्यमा हंगामा भएको छ। यस बुथमा पुनः चुनाउ भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement