कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको निम्ति भइरहेको मतगणना पनि हिंसाले अछुतो रहेन। भारतीय जनता पार्टीले उसका काउन्टिङ एजेन्टहरूलाई धेरै ठाउॅंमा मतगणना केन्द्रभित्र प्रवेश गर्न नदिएको दाबी गरेको छ। धेरै ठाउॅंहरूमा भाजपा एजेन्टहरूसॅंग कुटपिट गरिएको पनि आरोप लगाइएको छ।
भाजपाले भनेको छ, डाइमन्ड हार्बरको फकीर चन्द कलेज छेउ भाजपाका काउन्टिङ एजेन्टसॅंग कुटपिट गरियो। पुलिसले तमाशा हेरिरह्यो। काउन्टिङ एजेन्टको आईडी कार्ड पनि खोसियो। डाइमन्ड हार्बरको विष्णुपुर एक नम्बर भाजपा काउन्टिङ एजेन्टसॅंग पनि कुटपिट भएको छ। उसलाई केन्द्रभित्र पस्न दिइएन। भाजपा समर्थक महिलाहरूसॅंग पनि कुटपिट गरिएको छ। उनीहरूको लुगा च्यातिदिएको छ।
स्थानीय भाजपा नेता गोपीनाथ सरदारले भने, तृणमूल कांग्रेस समर्थकले हमला गरिरहेका छन्। पुलिसले उनीहरूको मद्द गरिरहेको छ। मतगणना केन्द्रको २०० मिटरको दायरामा केन्द्रिय बलहरूको सुरक्षा छ। तर, उनीहरू केन्द्रिय बलहरूको सुरक्षा घेरा बाहिर एकत्रित भएर बसेका छन्। काटोयामा पनि भाजपाका काउन्टिङ एजेन्टलाई मतगणना केन्द्रभित्र प्रवेश गर्ने अनुमति दिइएन। यस विरूद्ध भाजपा कार्यकर्ताहरूले थानामा घेराउ गरेर विरोध प्रदर्शन गरेको छ।
-हिस