मिरिक: तृणमूल कांग्रेस मिरिक महकुमा समितिले आज सशक्त निर्णय लिँदै चुनावको अवधि पार्टी विरोधी कार्य गर्नेहरूलाई पार्टीबाट निष्कासित गरेको गरेको छ। पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर तृणमूल कांग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीले चुनावको अवधिमा पार्टी विरोधी कार्य गरेको कारण मिरिक नगरपालिकाका भूतपूर्व उपाध्यक्ष एमके जिम्बा, सौरेनी समष्टि ग्राम पंचायत एकको पार्टी सचिव सूरज गिरी, ओकाइटी शाखा अध्यक्ष पप्पु गुरूङ अनि बेलगाछी शाखाका अध्यक्ष मेघनाथ तेलगुलाई हिल तृणमूल कांग्रेस चेयरम्यान एलबी राईको निर्देशमा पार्टीबाट निष्काहित गरिएको घोषणा गरेको छ। उनले चुनावको अवधिमा अन्य कार्यकर्ताहरूले पार्टी विरोधी कार्य गरेको थाहा पाइएको खण्डमा निष्काशित गरिनेछ भन्दै पार्टीको संविधानविरूद्ध काम गर्नेहरूलाई पार्टीले कहिले स्वीकार नगर्ने बताए। उनले आज निष्काशित गरेकाहरूसित अबउसो कुनै सरोकार नरहेको अनि उनीहरूलाई साधरण सदस्य साथै पदबाट नै निष्काशित गरिएको बताए। उनले पार्टीले मिरिक महकुमामा तीनवटा समष्टिमा पार्टीले प्रार्थी दिएको जसमा तीनजना नै विजय बनेको बताँउदै विजय बन्नेहरूलाई बधाई दिए।










