रुसका राष्ट्रपति पुटिन र वागनर प्रमुख प्रिगोजिनबीच वार्ता सम्पन्न

00-1-Putin-Vagnar-Chief

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र निजी सैन्य समूह वागनरका प्रमुख येभगेनी प्रिगोजिनबीच भेटवार्ता भएको छ। दुई हप्ता अघिको सैन्य विद्रोहपछि सार्वजनिक रुपमा देखानपरेका प्रिगोजिनले क्रेमलिनमा पुटिनसँग वार्ता गरेका हुन्। रुसको राष्ट्रपति भवन क्रेमलिनले पनि पुटिन–प्रिगोजिन भेटवार्ताको पुष्टि गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सैन्य कम्पनीका प्रमुखहरुसहित राष्ट्रपति पुटिनले प्रिगोझजिनसँग वार्ता गरेको बताएका छन्। भेटवार्तामा युक्रेनको रणक्षेत्रमा वागनरको भूमिकाको मूल्यांकन र २४ जूनमा वागनर समूहले गरेको विद्रोहको घटनामा चर्चा भएको पनि पेसकोभको भनाइ छ। राष्ट्रपति पुटिनले वागनर समूहको व्यवस्थापन, उनीहरुको रोजगारी र अब लडाईमा हुनसक्ने संलग्नतालगायतका विषयमा छलफल भएको बताइएको छ। सेना र वागनर दुवै पक्ष मातृभूमिको रक्षाका लागि अटल भएर लड्न तयार रहेको पनि क्रेमलिनका प्रवक्ताको दाबी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement